‘न्याम्स’अन्तर्गतका आवासीय चिकित्सक सेवा बहिष्कार गरेर धर्नामा Details

Cardiology Services
‘न्याम्स’अन्तर्गतका आवासीय चिकित्सक सेवा बहिष्कार गरेर धर्नामा

तीन महिनादेखि निर्वाह भत्ता नपाएको भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतका सबै अस्पतालका आवासीय चिकित्सकले सेवा बहिष्कार गरेका छन्। 

आवासीय चिकित्सकहरूले सार्वजनिक सूचना निकालेर तीन महिनादेखि निर्वाह भत्ता नपाएका कारण सेवा बहिष्कार गरेको जनाएका छन्।

न्याम्सअन्तर्गतका वीर अस्पताल, ट्रमा सेन्टर, कान्तिबाल अस्पताल, तिलगंगा आँखा अस्पताल र प्रसूतिगृहका सबै आवासीय चिकित्सकले सेवा रोकेका हुन्। 

सेवा बहिष्कार गरेर उनीहरूले अस्पताल परिसरमा धर्नामा बसेका छन्। 

रेजिडेन्ट एसोसिएसन अफ न्याम्सका उपाध्यक्ष डा बुद्धिमान तामाङले वीर अस्पतालले तीन महिनादेखि निर्वाह भत्ता नदिएकाले सेवा बहिष्कार गर्न बाध्य भएको बताए। 

उनले निर्वाह भत्तासँगै दसैँ भत्ता नपाए सेवा सुरु नगर्ने जनाएका छन्।

न्याम्सअन्तर्गतका अस्पतालमा ४ सय आवासीय चिकित्सक कार्यरत छन्।

विभिन्न विषयमा स्नातकोत्तर तह (एमडी, एमएस) गर्ने चिकित्सकलाई वीर अस्पतालले मासिक ४८ हजार निर्वाह भत्ता दिने गरेको छ।